नगरबसको ठक्करबाट मिनीमाइक्रो चालकको अवस्था गम्भीर (घाइतेको नामसहित)
कास्की | साउन १, २०७९
पोखरा: पोखरा महानगरपालिका १७ स्थित ड्यामसाइडमा आज (आइतबार) दिउँसो १ बजे मिनीमाइक्रोलाईनगरबसले ठक्कर दिँदा मिनीमाइक्रो चालक गम्भीर घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार गोरखा घर भइ पोखरा ५ मालेपाटन बस्ने मिनीमाइक्रो चालक २४ वर्षिय सुमन गुरुङको अवस्था गम्भीर रहेको जनाएको छ । उनको अचेत अवस्थामा रहेको बताइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी वरिष्ठ नायब निरिक्षक शिव प्रसाद पाठकका अनुसार राष्ट्रबैंकचोकबाट विरौटातर्फ जाँदै गरेको ग १ ख ३७९० नम्बरको नगरबसले र विपरित दिशाबाट आएको ग १ ज ३४१७ नम्बरको मिनीमाइक्रोलाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा पर्दा घाइते भएका १६ जना यात्रुको अवस्था सामान्य रहेको छ भने नगरबस चालक पोखरा १६ महेन्द्रगुफाका ४० वर्षिय रमेश कुचिकारको अवस्था मध्यम रहेको छ । घाइते सबैको पोखरा १७ विरौटास्थित नमस्ते अस्पतालमा उपचार भइरहेको पाठकले जानकारी दिए ।
उनका अनुसार घाइते हुनेहरुमा माइक्रोमा सवार पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीकी १२ वर्षिया रिता विक, सोही स्थानकै ३३ वर्षिया चन्द्र विक, सोही वडाकै १० वर्षिया मुस्कान विक, पोखरा २२ कै ६ वर्षिय रितिक विक र पोखरा २१ का ३३ वर्षिय नारायण विक रहेका छन् ।
यसैगरि नगरबसमा सवार घाइतेहरुमा भोजपुर घर भई पोखरा ५ का २० वर्षिय राजकुमार मगर, सोही स्थानकै २० वर्षिय आयुष तामाङ, सोही वडामै बस्ने १३ वर्षिय अभिषेक तामाङ, मालेपाटनकै १७ वर्षिय कुशल तामाङ, पोखरा ८ सृजनाचोक बस्ने २३ वर्षिया विनिता राई, सोही स्थानकै २० वर्षिय निरन राई, पोखरा ८ सिमलचौकका १७ वर्षिय रविन श्रेष्ठ, पोखरा २२ का २३ वर्षिय विज्ञान परियार, पोखरा १७ का १८ वर्षिया अन्जली सुनार, सोही स्थानकै ३१ वर्षिया सुमित्रा आले, सोही वडार्क ७१ वर्षिया लक्ष्मी गुरुङ रहेकी छिन् ।
नगरबसका चालक कुचिकारलाई कास्की प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

